भवन भत्किँदा अहिले सम्म १५ जनाको मृत्यु

१२ भदौ- भारत, भवन भत्किँदा अहिले सम्म १५ जनाको मृत्यु भएको छ । घटना महाराष्ट्रको पालघर जिल्लाको विरार क्षेत्रमा भएको हो ।

 

गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बीबीसी हिन्दीले बताएको छ । करिब ५० फ्ल्याट भएको चार तल्ले अवैध भवन बुधबार राति १२ः०५ बजे विजय नगर क्षेत्रमा नजिकैको खाली घरमा ढलेको थियो ।

चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाउदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँएको प्रत्यक्षदर्शीहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्