५ भदौ – दोलखा, सोरुङ खोलास्थित सिंगटी हाइड्रो पावरको ड्याममा अड्किएर रहेको अवस्थामा युवकको शव फेला परेको छ। घटना कालिञ्चोक गाउँपालिकाको हो ।
ड्याममा अडकिएको शव विगु गाउँपालिका-५ चिलङ्खाका २१ वर्षीय राजु तामाङको रहेको छ। कालिञ्चोक गाउँपालिका-२ सोरुङ खोलास्थित सिंगटी हाइड्रो पावरको ड्याममा बेवारिसे अवस्थामा शव देखेपछि आयोजनाका कर्मचारीले सशस्त्र प्रहरी बल सिगटीलाई जानकारी गराएका थिए।
मृतक तामाङ बुधबार बिहान करिब ११ बजे घरबाट माछा मार्न भनि निस्किएको पारिवारले बताएको छ। बिहानै निस्किएका तामाङ बेलुकासम्म घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। बिहीबार बिहान घरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सोरुङ खोलास्थित सिंगटी हाइड्रो पावरको ड्याममा अड्किएको अवस्थामा उनको शव संयुक्त प्रहरी टोलीले निकालेका हो।
शव अड्किएको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल मनसुनजन्य विपद् उद्धार अस्थायी सुरक्षा बेस सिंगटीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन बुढाथोकी नेतृत्वको ९ जना र इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा पाँच जना गरी १४ जनाको संयुक्त टोलि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्