४ भदौ- चितवन, भरतपुर महानगरपालिका-९ बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ हजार ४ सय ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार चनपरिया घर भएका २४ वर्षीय आर्यन कुमार, पर्सा ठोरी गाउँपालिका-२ बस्ने २५ वर्षीय सुर्य लामा, २१ वर्षीय बिनायक तामाङ र चितवन कालिका नगरपालिका-१० बस्ने २१ वर्षीया शान्ती गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त होटलको १०६ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रौतहट, गुजरा नगरपालिका-२ मोजेवान टोल बस्ने ५५ वर्षीय गोपाल बहादुर थिङलाई अवैध लागूऔषध गाँजा ३ किलो ५० ग्राम, ७८ हजार ३५ नेपाली रूपैयाँ र ६ सय १० भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित सोही नगरपालिका-२ फुलबारीटोल बस्ने २२ वर्षीय सुभास पुलामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बा.३१ प ३३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० ग्राम सहित भारत दिल्ली साउथ भद्रपुर बस्ने ४३ वर्षीय सागीरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-५ चाँदनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ११ ग्राम २ सय ७० मिलिग्राम सहित भारत विहार अररिया सिक्टी मुरारीपुर-१ घर भएका २९ वर्षीय ईम्तियाज अन्सारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले बिआर ३९ इ ३२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने ४० वर्षीया पार्वती महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र प्रोमेथाजाइन १ सय एम्पुल सहित समरिमाई गाउँपालिका-३ थुमहवा बस्ने ३२ वर्षीय हरि चन्द्र तेलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-३ बेलडाँगी बस्ने आशिष तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेक पोस्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बढैया गाउँ बस्ने २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ जिरो किमि बस्ने सोही महानगरपालिका-१४ चाउथे घर भएका २२ वर्षीय दिपेन्द्र पुनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्