२ भदौ – काठमाडौं, आज बिहान मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटना बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा भएको हो ।
बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल एक(आपसमा दुर्घटनाहुँदा घाइते भएका अन्दाजी २९ वर्षीय भोला थापा र नाम, थर ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय अर्का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मृतक तथा घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्