बसनै लिएर डिजेल चोरी गर्न गएकालाई स्थानीयले समाते

२ भदौ-  भक्तपुर, बस लिएर चोरी गर्न गएकालाई स्थानीयले नियन्त्रणमा लिएका छन।

 

चाँगुनारयण नगरपालिका क्षेत्र वडा नं ३ झौखेलस्थित एउटा इँट्टाभट्टामा रोकिराखेको निसान ट्रकहरूबाट बस नै लिएर डिजेल चोरी गर्न गएकालाई नियन्त्रणमा लिइएको छ।

रातको समयमा चोरी भइराखेको स्थानीयले देखेपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिने क्रममा रिसको झोकमा चोरहरूमाथि केहीले कुटपिट पनि गरे त्यसपछि ती चोरहरूलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएको थियो। सामान्य उपचारपछि उनीहरू अस्पतालबाट डिष्चार्ज भइसकेका छन्।

 

उनीहरूको साथबाट बा ४ ख ४२८० नम्बरको बस पनि नियन्त्रणमा लिइएको छ। चोरीमा संलग्न बसका चालक, सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट अन्दाजी ४० लिटर डिजेल पनि बरामद भएको छ।

 


पक्राउ पर्नेहरूमा एक जना महिला र बाँकी तीन जना पुरुषहरू छन्। बसका चालक काभ्रे पाँचखाल न.पा ११ घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष ३२ का सरोज सुनार, बसका सहचालक भक्तपुर चाँगुनारायण न।पा ७ बागेश्वरी बस्ने वर्ष ३२ का अमिर लामा, भक्तपुर सूर्यबिनायक न।पा ७ बस्ने वर्ष २७ का सुमन तामाङ, काठमाडौं थानकोट घर भई हाल च्यामासिंह बस्ने वर्ष २७ की पूर्णिमा महर्जन रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्