नुहाउने क्रममा पोखरीमा डुबेर  मृत्यु

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर  मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपतिनगरकी २४ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

चन्द्राका श्रीमान उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् । नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्