३० साउन- पाकिस्तान, खैबर पख्तुनख्वा प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा आएको भिषण बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु संचार माध्यमले जनाएका छन ।

एक्कासि आएको बाढीका कारण पहिरो खस्दा धेरै मानिसहरू पुरिएको र कतिपय बाढीमा बेपत्ता भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको छ। कश्मीरको विपद् व्यवस्थापन निकायका अनुसार निलम उपत्यकामा फसेका ५५० पर्यटकलाई उद्धार गरिएको छ। उक्त पहिरोमा अझै ३०० भन्दा बढी पर्यटक फसेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्