२२ साउन- ललितपुर, केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी बेला बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ ।
केटा र केटी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्