कुबेरेश्वर धाममा भागदौड हुँदा दुई महिलाको मृत्यु

२० साउन- भारत, मंगलबार मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ । यो घटनामा ६ जना घाइते भएका छन ।

कुबेरेश्वर धाममा भएको भागदौडमा दुई महिलाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएकालाई अस्पताल लगिएको छ ।

यो घटना सन्त प्रदीप मिश्राको नेतृत्वमा भोलि बुधबार हुने भव्य कंवर यात्राको एक दिनअघि भएको हो । स्थानीय प्रशासनका अनुसार बढ्दो भीडभाडका कारण भण्डार, आवास र दर्शन स्थलहरूमा ठाउँको अभाव भएको थियो, जसले गर्दा भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्