गड्डाचौकीबाट ५ लाख रुपैयाँ बढीको अवैध सामान बरामद

२० साउन- कञ्चनपुर, नेपाल भारत सिमा गड्डाचौकीबाट ५ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको सात जना सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भिमदत्त नगरपालिका–४ भासी हाईबे र वडा नं. १० भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएका सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

बेवारिसे अवस्थामा मोलाईल पार्टस र किराना सामग्रीहरू बरामद गरिएका छन्। उक्त सामग्रीको भन्सार मूल्य करिब पाँच लाख सात हजार तीन सय ९० रहेको अनुमान गरिएको छ।

बरामद भएका सबै सामानहरू आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको छ ।


सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र गस्ती कार्य थप कडा बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्