कुकुरको मृत्यु भएपछि वडासदस्य ९ दिन किरिया बसे

१५ साउन -दाङ, आफ्नो घरपालुवा कुकुरको मृत्यु भएपछि वडासदस्य ९ दिन किरिया बसेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ का वडासदस्य शशीधर पौडेल ९ वर्षसम्म पालेको कुकुरको मृत्युपछि उनि किरीया बसेका हुन ।

 

शशीधरले पालेको ‘रमी’ नामक कुकुर साउन ६ गते अचानक हराएको थियो र पछि मृत अवस्थामा भेटियो । उनले रमीलाई आफ्नै सन्तानसरह माया गरेको बताए । ९ दिनसम्म किरिया बसेर नवौं दिनमा आफन्तजन बोलाएर श्रद्धाञ्जली सभासमेत गरेका छन ।

 

उनले बताए अनुसार रमीले घरमा आउने अपरिचितप्रति सतर्कता अपनाउने, ढोका नलगाएर निस्किँदा सुरक्षा गर्ने, भाषा बुझेझैं व्यवहार गर्ने जस्ता गुण देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्