सुकुम्बासीले घेरे टीकापुर नगरपालिकाको कार्यालय

१५ साउन- कैलाली, सुकुम्बासीले टीकापुर नगरपालिका कार्यालय घेराउ गरेका छन्। नगर प्रमुख रामलाल डगौराले सुकुम्बासीहरुका विरुद्ध अभिव्यक्ति दिएको विषयलाई लिएर पछिल्लो तीन दिनयता सुकुम्बासीहरु आन्दोलित छन्।

भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडितलगायतले बिहीवार नगरपालिका कार्यालय घेराउ गरेका हुन्, मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका उनीहरुले तेस्रो दिनमा नगरपालिकाको कार्यालय घेराउ गरेका छन।

 

प्रदर्शनको सुरुको दिन सामुदायिक चोकबाट सुरु भई खडकचोक, नगरपालिका कार्यालय वरिपरि प्रदर्शन गर्दै सम्पन्न गरिएको थियो। सो दिन आन्दोलनकारीहरूले सडकमा टायरसमेत बालेर आक्रोश व्यक्त गरेका थिए।

 

एक सुकुम्बासीका अनुसार टीकापुर नगरपालिकाले ‘माथिबाट आदेश आएपछि शिविर हटाउने’ कुरा गरेपछि आफूहरूले बाध्य भएर आन्दोलन गर्नु परेको उनले बताएका छन।

 

नगरपालिकाले विज्ञप्ति जारी गरी विरोध कार्यक्रमलाई स्थगन गरी नगरपालिकासँग संवाद र सहकार्य गर्न आह्वान गरि सकेको छ।

प्रतिक्रिया दिनुहोस्