ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु, २ जना घाइते

१५ साउन -काठमाडौं, ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । घटना बिहीबार बिहानको हो ।

तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको हो ।

ट्याक्टरले थिचेको अवस्थामा उनीहरुको उद्दार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनिहरु उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

उक्त घटनामा १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

दुर्घटनाको कारण भने अझै खुलेको छैन । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्