अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

असार २१-दाङ, राप्ती गाउँपालिका-१ पुलचोक बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित बाँके नेपालगंज उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अफ्रोज खानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई दक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, कोल्हवी नगरपालिका-५ स्थित सोनाभार बस्ने जितेन्द्र चौधरीको घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट र सशस्त्र प्रहरी बल कोल्हबीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा लुकाई छिपाई ५ वटा बोरामा राखेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार चौधरीको प्रहरीले खोजी गरिरहेको छ ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्