माइ खोला किनारमा एकजना बृद्ध मृत भेटिए

११ साउन- झापा, एकजना बृद्ध माइ खोला किनारमा मृत भेटिएका छन्।

मृत भेट्टिनेमा झापा गाउँपालिका– १ का ८१ वर्षीय भीम बहादुर भुजेल रहेका छन्।

 

साउन ७ गते आफ्नै घरबाट हराएका उनी खोजतलास गर्ने क्रममा सानो माई खोलाको पुलदेखि अन्दाजी २०० मिटर दक्षिण खोलाको साईडमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

अहिले घटनाको अनुसन्धान भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्