११ साउन काठमाडौं, तरकारी किन्न गएकि एक महिलाको सुनको सिक्री चोरी गरी फरार रहेका दुईजना पक्राउ परेका छन्। घटना काठमाडौं महानगरपालिका-१६ स्थित माछापोखरी पुल नजिकै रहेको तरकारी बजारमा शनिबार को हो ।
चाोरी गरेर फरार रहेका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ पक्राउ परेका छन्।
महानगरपालिका -२६ सामाखुसी टाउन प्लानिङ बस्ने ५२ वर्षीया लक्ष्मी घिमिरे तरकारी किन्ने क्रममा अपरिचित समूहले उनले घाँटीमा लगाएको दुई तोलाको सिक्री चोरी गरेको थियो।
चोरी लगत्तै घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उनीहरूको साथबाट एक थान सुनको सिक्री,आइफोन एक थान र सामसुङ मोबाइल एक थान बरामद भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्