एक युवक २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ

९ साउन- कैलाली, धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।


धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ४३ वर्षीय मागु राम चौधरी पक्राउ परेका हुन। चौधरीलाई २४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छ।

प्रतिक्रिया दिनुहोस्