असार ९- इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी उपमहानगरपालिका– २० तरहराबाट ८ किलो दुई सय ग्राम यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– ३ बस्ने ४२ वर्षीय छजुङ्ग भोटे र धरान १९ का पुष्पराज राई छन् । धरानबाट इटहरी आँउदै गरेको को २ ह १०७ नम्बरको अटोलाई चेकजाँचका क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राई अटो चालक हुन् । प्रहरीका अनुसार छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई राखेको अवस्थामा ८ किलो २५० ग्राम दुर्लभ बनस्पती यार्सागुम्बा फेला परेको हो ।
यार्सागुम्बा ओसार पसार गर्न प्रयोग गरेको को २ ह १०७ नम्बरको अटो र यार्सागुम्बासहित पक्राउ परेका दुई जनालाई प्रहरीले कारवाहीका लागि सव डिभिजन वन कार्यालय तरहरामा बुझाएको छ ।
स्रोतः इनरुवा अनलाइन
प्रतिक्रिया दिनुहोस्