अन्तिम समयमा बढेर बन्द भयो शेयर बजार

७ साउन-काठमाडौं, आज शेयर बजार अन्तिम समयमा बढेर बन्द भएको छ ।

 

आज बुधबार नेप्से ५.१७ अंकले बढेर २,९७८.८८ बिन्दुमा पुगेको छ । शेयर बजारमा आज ४४ लाख ८६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।


९८ वटा कम्पनीका सेयरको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्