जङ्गली च्याउ खाएर बिरामी २ जनाको मृत्यु, २ जना उपचारमै

७ साउन- रुकुमपूर्व, जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये दुइ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

घटना भूमे गाउँपालिका–५ सेराबाङको हो ।

राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विक र भाग्यरेखाका भाइ तीन वर्षीय योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको हो ।

 

एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए ।

प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ तेस्तै आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको छ । उनको रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्