८ भदौ- काठमाडौं, आज आइतवारवार नेपाली बजारमा सुन र चाँदीको मुल्य ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज २३ सयले बढेको हो ।

गतसाताको शुक्रवार सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलना भन्दा ४० रुपैयाँले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…