१ हप्तापछि आयो सुनचाँदीको दर भाउ, कस्तो छ त आजको रेट

२७ असार- काठमाडौं, आज नेपाली बजारमा धरैपछि सुन र चाँदीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ ।

१ साता पछि आज शुत्रवार सुन र चाँदीको मुल्य तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदी २२ सय २० रुपैयाँमा कारोवार भएको छ ।

सरकारले सुनमा विलाशिता कर लगाएपछि महासंघ,कर्मचारी, कालीगढ तथा सुनचाँदी व्यवसायीहरुले निरन्तररुपमा आन्दोलन गदै आएका थिए । व्यवसायीहरुको निरन्तर आन्दोलन पश्चात सरकार संग वाता गरेका व्यवसायीहरुले आज वाट पसल खोलेसंगै महासंघले सुनचाँदीको दर प्रकाशित गरेको हो ।

१ हप्तासम्म निरन्तर बन्द गरेका व्यवसायीहरुले आजवाट पसल खोलेका छन साथै महासंघबाट जारी गरिएको सुनचाँदीको दरमा कारोवार सुरु गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्