२५ असार- कैलाली, मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सोहि दुर्घटनामा तीन जना घाइते भएका छन्।
घोडाघोडी नगरपालिका ५ डोकेबजार नजिकै मंगलबार राती मोटरसाइकल दुर्घटना भएको थियो। से ७ प ७०८९ र सुदूरपश्चिम प्रदेश ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँएर घोडाघोडी नगरपालिका वडा-१२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको छ ।
गम्भीर घाइते कठरियाको उपचारका लागि घोडाघोडी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, अर्को मोटरसाइकल से ७ प ७०८९ का चालक लम्कीचुहा नगरपालिका वडानम्बर ४ का २५ वर्षीय उदय भाट, पछाडि सवार गौरव भाट दुर्घटनामा घाइते भएको हुन। उनीहरूको उपचार भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्