जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

असार १० – काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्