२४ असार- काठमाडौं, प्रतिनिधिसभाको बैठक जारी बिच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले मङ्गलबारको बैठक पनि बहिष्कार गरेका छन् ।
बैठक सुरु हुनासाथ दुवै दलका सांसद आफ्नो धारणा राख्दै संसदबाट बाहिरिएका छन् ।
बैठकमा रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा प्रकरण पुनः उठाउँदै गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरिन ।
त्यस्तै, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई को खोजीका लागि सरकारको ध्यानाकर्षण गराए । सरकारले नै राईलाई संरक्षण गरिरहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस्