आन्दोलन सँगै सुनचाँदी चितवनको कुटनीतिक संवाद,सांसद ढकालसँग भेटवार्ता

२० असार- नारायणगढ,  सुनमा लगाइएको विलासी र भ्याटका विरुद्ध नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सडक आन्दोलनसँगै कुटनीतिक भेटवार्तालाई पनि जारी राखेको छ ।

 

यसैक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खातीको पहलकदमीमा शुक्रवार चितवन क्षेत्र नम्वर १ का सांसद हरि ढकालको उपस्थितीमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

उद्योग वाणिज्य सघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी,उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम ,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद गैरे लगायतको उपस्थितीमा भएको कार्यक्रममा वक्ताहरुले सुनलाई विलासी करको रुपमा वर्गीकरण गरी कर लगाउनु अनुचित भएको बताएका थिए ।

कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान उपाध्यक्ष तथा चितवनका सल्लाहार ज्ञानेन्द्रमान शाक्य,निर्वतमान केन्द्रिय सदस्य चित्रवहादुर खाती,निर्वतमान अध्यक्ष टेकवहादुर विश्वकर्मा,टुलुक विश्वकर्मा,ऋतु सेन्चुरी लगायतको उपस्थिती रहेको थियो ।

संघका अध्यक्ष हेमवहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका महासचिव गोपाल थापा बि क ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्