जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हुम्ला, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका-२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलालाई सोही गाउँपालिका-१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

दाङ, ७३ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्