अनेरास्ववियुले अब कुनै पनि विद्यालयमा हड्ताल नगर्ने

१७ असार – काठमाडौँ, नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संगठन ९अनेरास्ववियु०ले अब कुनै पनि विद्यालयमा हड्ताल नगर्ने निर्णय गरेको छ।

असार १४ र १५ गते काठमाडौँ विश्वविद्यालय धुलिखेलमा सम्पन्न भएको अनेरास्ववियुको प्रथम सचिवालय बैठकले अब कुनै पनि विद्यालयमा हड्ताल, तोडफोड र बन्द नगर्ने निर्णय गरेको हो।

विद्यालयमा महिनौँ दिनसम्म बन्द हड्ताल गर्दा पछिल्लो समय विद्यार्थी संगठनको छवि धुमलिदै गएको छ। अनेरास्ववियुमा डा। सुजन कडरियाको नयाँ नेतृत्व आएसँगै विद्यालयमा हड्ताल, तोडफोड र बन्द पूर्णरुपमा अन्त्य गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्