अन्तर्वार्ता समाज

भीरबाट १५० मिटर तल खसेर एक महिलाको मृत्यु

भीरबाट १५० मिटर तल खसेर एक महिलाको मृत्यु

१३ भदौ- दार्चुला,  भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फर्कीने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…