१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ असार- दाङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने मोहम्मद साहिल खान लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्