११ असार- सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार २ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२४ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट भेल्हीतर्फ जाँदै गरेको म.प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय धरम पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ घुर्सुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित घनगढी उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय भक्तराज रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ बस्ने २२ वर्षीय बिजय सुनार, हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ३१ वर्षीय राज कुमार खड्का र सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश.०३-००६ प १०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ हजार ४ सय ५५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकन्दर महतो रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बीआर ०१ एडब्लु १४०४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक उपेन्द्र र कारमा सवार संजित र सिकन्दरलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ झर्नाचोक डेरा गरी बस्ने १९ वर्षीय सुदिप भन्ने मुन्सन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ८ सय ७६ ट्याब्लेट, स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेस्ट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित भक्तपुर लोकन्थली बस्ने जुम्ला गुठीचौर गाउँपालिका-६ घर भएका २५ वर्षीय विवस कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरूसिङगे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शिव लामिछाने र अर्घाखाँची मालारानी गाउँपालिका-२ खन बस्ने २३ वर्षीय सुदन परियार रहेका छन् । इलाका प्रहरी कार्यालय गोरूसिङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्