बारामा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

 

बारा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित भारत पूर्व चम्पारणका रामनिवास प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट भारतीय नम्बर बीआर ०५ वाई २६२४ को मोटरसाइकल पनि बरामद गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्