चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

६ असार- काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालका-५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भएका ४० वर्षीय विरेन्द्र खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसला उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्