१ असार- काठमाडौं, असार महिनाको पहिलो साताको पहिलो कारोबार आज आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेको छ।
आज ३०८ स्क्रिप्सको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँमा खरिदबिक्री भएको छ । सामान्य अंकले नेप्से परिसूचक बढे पनि तीन कम्पनीको सेयरहरुको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज ११ अर्ब बढीको सेयर कारोबार भएको छ।
कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस्