३० जेठ- कैलाली, अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिक रहेका छन।
उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका सुुनका २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको छ ।
उनीहरुलाई बिहिवार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोलीले पक्राउ गरेको हो
प्रतिक्रिया दिनुहोस्