२४२ यात्रु चढेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

२९ जेठ- भारत, २४२ यात्रु चढेको एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको एएनआई समाचार संस्थाले जानकारी दिएको छ । अहमदाबाद विमानस्थल नजिक रहेको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

अहिले उद्धारकार्य जारी रहेको छ । दुर्घटनामा कतिजनाको मृत्यु भएको छ र दुर्घटना के कारणले भएको हो भनी आधिकारिक जानकारी आएको छैन । दुर्घटनाग्रस्त क्षेत्रलाई घेराबन्दी गरेर उद्धारकार्य सुरु गरिएको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्