भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

२१ जेठ- भारत, भारतको आसाम राज्यमा निरन्तर वर्षापछि बाढीका कारण जनजिवन झन् खराब हुँदै गइरहेको छ। बाढीका कारण हालसम्म ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या १८ पुगेको छ।

राज्यका २१ जिल्लाका १५०६ गाउँहरू डुबानमा परेका छन्। पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या बढेर १८ पुगेको हो।

बाढीबाट ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। बाढीका कारण विस्थापित भएका करिब ४० हजार मानिसलाई राज्यका विभिन्न भागमा खोलिएका ५११ राहत शिविरहरूमा आश्रय दिइएको छ।

उक्त क्षेत्रमा ९४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

यसैबीच, भारतीय मौसम विभागले भोलिसम्म आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षा जारी रहने चेतावनी दिएको छ। यसले गर्दा बाढीको अवस्था थप बिग्रन सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस्