जीप दुर्घटनामा तीन जनाको मृत्यु

१३ जेठ- बाजुरा, जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

नेपाल टेलिकमको टावर मर्मतका लागि गएको प्राविधिकसहितको टोली सवार बा ५ च २२०९ नम्बरको जीप जगन्नाथ गाउँपालिका(२ काँडाकोटमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत भने हुन बाँकी छ ।

जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटनामा परेको हो। घाइतेको उद्धारका लागि एम्बुलेन्स घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्