भिरबाट लडेर ८ महिनाको गर्भवती आमा सहित छोराको मृत्यु

धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जनाकारी दिए।

अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन्। सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्