१० बैशाख-काठमाडौँ, महाधिवेशनका लागि उच्चस्तरीय समितिले तोकेको मिति बैशाख ९ गते २२ अप्रिल २०२५० राति ११ः५९ सम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएको गैरआवासीय नेपाली संघ एनआरएनए को एकता समितिले जनाएको छ ।
समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। “प्रारम्भिक जाँचका क्रममा कुनै आवेदकको कागजात अपूर्ण वा अस्पष्ट भेटिएमा २४ घण्टाभित्र आवश्यक प्रमाण पेश गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिने समितिको भनाई रहेको छ । आवेदन दर्ता गरिसकेका र डेलिगेट्स शुल्कस्वरूप १०० अमेरिकी डलर बुझाइसकेका आवेदकहरूलाई उक्त रकम जम्मा गरेको प्रमाण तुरुन्त पठाउन पनि समितिले अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिए अनुसार समयमै प्रमाण नपुगाएमा सो आवेदन स्वतः अमान्य हुने स्पष्ट पारिएको छ । समितिले सम्पूर्ण प्रमाणीकरण प्रक्रिया वैशाख १३ गते ९२५ अप्रिल २०२५० भित्रमा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ।
प्रमाणिकरण भै शुल्क तिरेका डेलिगेटहरूले मात्र महाधिवेशनमा भाग लिन तथा उम्मेदवारी दिन पाउने समितिले प्रष्ट पारेको छ। एकता महाधिवेशनप्रति देखिएको अभूतपूर्व चासो, सहभागिता र समर्थनप्रति संघले आभार प्रकट गरेको छ। महाधिवेशनको मिति र कार्यक्रमबारे थप जानकारी आगामी दिनहरूमा सार्वजनिक गरिने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्