योगेश भट्टराईको ’ट्वाइलेट ट्विस्ट’! (विश्लेषण)

७ बैशाख- काठमाडौं, योगेश भट्टराई शौचालयमा थुनिए? कि ’पिसाब लागेर’ मात्रै गएका हुन? ताप्लेजुङको राजनीतिको ’ट्वाइलेट ट्विस्ट’!
आजको विषय एकदमै ’हट केक’ बनेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई शौचालयमा थुनिए? कि पिसाब लागेर मात्रै गएका हुन? ताप्लेजुङमा भएको यो घटनाले नेपालको राजनीतिमा ’ट्वाइलेट ट्विस्ट’ ल्याएको छ । अहिले सामाजिक सञ्जालमा यहि विषय भाइरल भैरहेको छ । अब बुझौं घटना के हो? योगेश भट्टराई कञ्चनजंघा हिरक महोत्सव उद्घाटन गर्न ताप्लेजुङ पुगे । त्यहाँ ’नो केबलकार’ समूहले नाराबाजी गरेपछि उनी शौचालयभित्र पसे । स्थानीयले भने, असुरक्षा देखिएपछि प्रहरीले ढोकामा चुकुल लगाइदियो । अहिले यहि विषय सञ्जालमा यत्रतत्र सर्वत्र छ । तर, प्रहरीले भने ’माननीयज्यूलाई पिसाब लागेर आफैँ शौचालय गएको बताएको छ । अब प्रश्न उठ्छ, कसको कुरा पत्याउने? प्रहरीको? कि स्थानीयको ? यो घटनालाई गहिरो गरी विश्लेषण गरौं। पहिलो कुरा, योगेश भट्टराई ताप्लेजुङमा किन निशानामा परे? कारण हो, पाथीभरामा केबलकार बनाउने विषय । पहिचानवादीहरू यसको विरोधमा छन्। उनीहरूलाई लाग्छ, यसले उनीहरूको संस्कृति र पहिचानमा असर गर्छ । दोस्रो कुरा, सुरक्षाको प्रश्न। प्रहरीले सुरक्षा दिन नसक्दा यस्तो घटना भएको हो? कि यो केवल ’पिसाब लागेर’ भएको साधारण घटना मात्रै हो? यहाँ प्रहरीको भूमिकामाथि पनि प्रश्न उठ्छ। के उनीहरूले भीडलाई नियन्त्रण गर्न सकेनन् ? तेस्रो कुरा, यस घटनाले ताप्लेजुङको राजनीतिक माहोललाई कस्तो असर पार्छ? के यसले एमाले र पहिचानवादीहरूबीचको सम्बन्धलाई थप बिगार्छ? कि यसले वार्ताको ढोका खोल्छ?

योगेश भट्टराईको राजनीतिक यात्रालाई छोटो चर्चा गरौँ। योगेश भट्टराई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा पुगे। उनी २०५६ सालमा पहिलो पटक संसदमा निर्वाचित भए। उनले पर्यटन मन्त्रीको रुपमा पनि काम गरिसकेका छन् ।
अब एकछिन चर्चा गरौ । पहिचानबादीको नजरमा योगेश भट्टराई

योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको वकालत गर्दै आएका छन्। पहिचानवादीहरू यस परियोजनालाई आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाशको रूपमा हेर्छन्। उनीहरूलाई लाग्छ कि यसले उनीहरूको परम्परागत जीवनशैली, धार्मिक स्थल र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्नेछ ।

पहिचानवादीहरूले योगेश भट्टराईले स्थानीय समुदायको भावना र चासोलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूलाई लाग्छ कि केबलकार परियोजनाको निर्णय प्रक्रियामा उनीहरूको सहभागितालाई उचित महत्त्व दिइएन।

पहिचानवादीहरू आफ्नो सांस्कृतिक पहिचानको संरक्षणको लागि संघर्षरत छन्। उनीहरूलाई लाग्छ कि केबलकार जस्ता विकास परियोजनाहरूले उनीहरूको सांस्कृतिक पहिचानलाई खतरामा पार्छन्। योगेश भट्टराईको केबलकार परियोजनाको समर्थनले उनीहरूको यो भावनालाई थप उत्तेजित गरेको छ।

अर्को कुरा योगेश भट्टराई नेकपा एमालेका एक प्रभावशाली नेता हुन्। पहिचानवादीहरूले उनीहरूका मुद्दाहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्। यसले राजनीतिक टकरावको स्थिति सिर्जना गरेको छ । तपाईँलाई भने के लाग्छ आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला ।।

 

विश्लेषण लेखकः कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्