टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको पुरुषको शव फेला

२७ चैत- कैलाली, गोदावरी नगरपालिका–१ अत्तरियामा आज इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिन्छ । मृतकको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरीले जानकारी दिएको छ ।

ढुंगाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको अवश्थामा शव फेला परेको छ ।

शव नजिकै रगत लागेको ढुगा पनि फेला परेको हो। शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्रागण राताम्मे छ ।

मन्दिरबाट घिसारेर शव तल फालिएको जस्तो देखिन्छ । प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्