परीक्षा केन्द्र गाभ्ने निर्णयमा शिक्षक महासंघ सङ्गठनहरूको आपत्ति

२० माघ- सोलुखुम्बु, दुर्गम हिमाली जिल्लालाई असर पर्ने गरी सरकारले माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र गाभ्ने निर्णय गरेसँगै शिक्षक महासंघ सोलुखुम्बु लगायत सम्बद्ध संघ सङ्गठनहरूले आपत्ति जनाएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले गत माघ २ गते हिमाली जिल्लामा एक सय ५० जनाभन्दा कम, पहाडी जिल्लामा दुई सय भन्दा कम, तराई मधेशका तथा उपत्यकाका जिल्लामा तीन सय भन्दा कम र चार सयभन्दा बढी परीक्षार्थी संख्या नहुने गरी परीक्षा केन्द्र निर्धारण गर्ने निर्णयमा असहमति जनाउदै शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज डङ्गोलमार्फत निर्णय सच्याउन ध्यानाकर्षण गराएका छन् ।

एसइइ परीक्षाको सम्मुखमा परीक्षा केन्द्र कटौती गर्ने गरी गरिएको निर्णयले सोलुखुम्बुका विद्यार्थी समस्यामा पर्ने छ । परीक्षा नियन्त्रण कार्यालयको निर्णय अनुसार जिल्लाका ५० प्रतिशत बढी परीक्षा केन्द्र कटौती हुने भएपछि अपरिपक्व निर्णय भएको भन्दै मान्य नहुने नेपाल शिक्षक महासंघ सोलुखुम्बुले आपत्ति जनाएको हो।

 

– गोरखापत्र

प्रतिक्रिया दिनुहोस्