छोराले सम्पत्ति बेच्न नमानेको भन्दै आमाको हत्या

भारतको दिल्लीबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

 

यहाँ एक छोराले सम्पत्ति बेच्न नमानेको भन्दै आमाको हत्या गरेका छन् । हत्याको यो सनसनीपूर्ण घटना राजधानी दिल्लीको सब्जी मण्डी क्षेत्रको हो। सो क्षेत्रमा दिपक नामका २९ वर्षीय युवकले आफ्नै आमालाई लठ्ठी प्रहार गरी हत्या गरेका छन् ।

प्रहरीका अनुसार अभियुक्तले आफ्नी आमा इन्दुलाई घर बेच्न दबाब दिइरहेका थिए, आमाले जग्गा बेच्न नमान्दा आक्रोशित भएर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्