२१ फागुन- काठमाडौं , राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अहिलेको चुनाव मान्य नहुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आजको मतदान भ्रष्ट ठगहरुले जितेको र देशले हारेको कालो दिन भएको टिप्पणी गरेका हुन् ।

“ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह ७५ जना बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गर्ने र खर्बौँको सम्पत्ति नष्ट गर्ने गिरोह हरुले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन । आज भ्रष्ट ठग हरुले जितेको र देशले हारेको कालो दिन हो।” प्रसाईंले फेसबुकमा लेखेका छन्, “एक जना राष्ट्रवादी व्यक्तिसँग डराएर थुनेर गरिएको चुनावको हिसाब–किताब एक दिन अवश्य हुनेछ !”
प्रतिक्रिया दिनुहोस्