१९ फागुन- सुर्खेत, सुर्खेतको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा प्रेसर कुकर फेला परेको छ ।
शंकास्पद अवस्थामा सडकमा भेटिएको कुकरमा खतरा लेखेर रातो प्लाष्टिकको पोकामा राखिएको थियो । सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको प्रहरीले जनाएको छ।

डिस्पोज गर्ने क्रममा उक्त प्रेसर कुकरभित्र गोबर र माटो राखिएको पाइएको छ । निर्वाचनलाई लक्षित गर्दै त्रास फैलाउन कुकर राखिएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्