चन्द्रागिरी नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईन सहित फेला पारी पक्राउ

असार १०-काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित मोरङ लेटाङ नगरपालिका-३ बस्ने २६ वर्षीय ईन्द्र राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

  प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.प्र ०१-०२-००१ ख ९८३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्