१७ फागुन-‘झापा, बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले भ्रामक सूचना फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने वर्ष २३ को प्रकाश भट्ट छन्।
उनलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौं-५ डबली चोकबाट पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्