अन्तर्वार्ता समाज

चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

२५ असार- ताप्लेजुङ, चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्‍याइएको थियो।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…