११ फागुन – झापा, मेचीनगर नगरपालिका-१५ कालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-४ बस्ने २९ वर्षीय शिव दनुवार र २१ वर्षीय नितेश दनुवार रहेका छन् । प्रहरी चौकी ज्यामिरगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०१-०१२ प ५९३३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित बैतडी सिगास गाउँपालिका-३ बस्ने २६ वर्षीय जनक सिह ढाँट समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ तिनपैनी बस्ने २८ वर्षीय मनोज खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिराहा, भगवानपुर गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल, नाइट्राजेपाम १६ एम्पुल र प्रोमेथाजाइन १९ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-७ गणेश चोक बस्ने ३३ वर्षीय लक्ष्मी साह र सोही नगरपालिका-१ बस्ने २८ वर्षीय चन्दन चौधरी रहेका छन् । प्रहरी चौकी ठाडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००५ प ३३०६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २७ वर्षीय राम बहादुर रसाईली र १९ वर्षीय बिशाल बिश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया दिनुहोस्